मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

हुण्डाईको कोना खरिदमा शून्य प्रतिशत ब्याजदर




काठमाडौं– नेपालको लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो बिद्युतीय गाडी ‘कोना’को खरिदमा ‘जिरो इमिसन, जिरो इन्ट्रेस्ट रेट’ योजना सार्वजनिक गरेको छ । योजना अनुसार इच्छुक ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा ५ बर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुण्डाईको कोना खरिद गर्न सक्नेछन् ।

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएल को मूल्य रु. ५९,९६,००० र जीएलएस भेरियन्टको मूल्य रु. ६४,९६,००० रहेको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिङ्गल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठुलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

  :