७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सात दिनसम्म बीवाईडी मनसुन ड्राइभ अफर



काठमाडौं–बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले मनसुन ड्राइभ अफर ल्याएको छ । अफर सोमबारदेखि सुरु भएको र सात दिनसम्म चल्ने कम्पनीले जनाएको छ । देशभर रहेका बीवाईडी शोरुममा यो अफर लागु हुनेछ ।

मनसुन ड्राइभ अन्तर्गत ग्राहकले सात वर्षसम्म स्थिन रहने ब्याजदरमा गाडी खरिद गर्न पाउनेछन् । यसरी खरिद गर्दा ८० प्रतिशत फाइनान्स सुबिधा प्राप्त हुने र ब्याजदर ९ प्रतिशतभन्दा कम रहने जनाइएको छ । साथै ग्राहकले आफूसँग भएको पुरानो गाडीमा उच्च मुल्यांकन र अतिरिक्त लाभ सहित बीवाईडी एट्टो३ र डल्फिनसंग तुरुन्तै एक्सचेन्ज समेत गर्न सक्नेछन् ।

उक्त अफरमा ग्राहकले एक वर्षको बिमा, ७ किलोवाट क्षमताको चार्जर र भेइकल–टु–लोड केवल निशुल्क पाउनेछन् । सर्बाधिक बिक्री हुने प्योन्जर कारको छबी बनाएको बीवाइडीसंग हाल नेपाली बजारका लागी एट्टो३, डल्फिन र सील मोडलका विद्युतिय कार उपलब्ध छन् ।

  :