७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

असहज ग्रामीण भूगोलका लागि पनि उपयुक्त सेरेस–३




काठमाडौं– नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले अत्याधुनिक फिचर र क्षमताको समिश्रण भएको इलेक्ट्रिक एसयूभी नयाँ सेरेस–३ ल्याएको छ ।

इलेक्ट्रिक एसयूभीको असीमित क्षमता दर्शाउन ‘लिमिटेडलेसनेस’ अर्थात ‘असीमितता’ ट्यागलाइन प्रयोग गरिएको यो एसयूभी सहरका चिल्ला सडकमा मात्र होइन असहज ग्रामीण भूगोलका लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ ।


नयाँ सेरेस–३ अनावरणको मुख्य आकर्षण स्प्लिट स्क्रिन एलइडी डिस्प्लेबाट नाटकीय रुपमा बाहिर निस्कनु थियो । यो प्रस्तुतिले दर्शकलाई मोहित बनाउनुका साथै यो इलेक्ट्रिक एसयूभीको ट्यागलाइन ‘लिमिटेडलेसनेस’ लाई पनि समेटेको छ ।
एक्सटेरियरलाई व्यापक रिडिजाइन गरिएको सेरेस ३को अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गरी आधुनिक लुक दिने उद्देश्यले पातलो तर स्पष्ट सेरेस लेखिएको छ । यसको भर्टिकल डेटाइम रनिङ लाइटले कारको सौन्दर्यलाई अझ बढाएको छ ।


यसको स्टेरिङमा नयाँ सेरेस लेखिएको जसले सेरेस ३ को इन्टेरियरलाई राम्रो बनाएको छ । क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुसन सिट, पर्याप्त लेग रुम र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिने कम्पनीको विश्वास छ ।
पर्फमेन्स र सुविधिमा पनि सेरेस–३ निकै अगाडि छ । यसमा कम्फर्ट, स्पोर्ट र इको ड्राइभ मोडहरु छन् जसको मद्दतले चालकले आफ्नो ड्राइभिङ मोडअनुसार गाडी चलाउन सक्नेछन् ।

एड्भान्स्ड एडास फिचर, अफलाइन जीपीएस नेभिगेसन र युरोपेली मापदण्डको सेग्मेन्ट फर्स्ट ड्यास क्यामले सजिएको सेरेस–३ मा प्रविधि र सुरक्षाको उत्तम सम्मिश्रण रहेको छ ।

कम्पनीका अनुसार यसमा ६ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट रहेको छ जसले यात्रालाई आरामदायी बनाउँछ । साथै यसमा फराकिलो सनरुफ र ६ वटा एअरब्याग रहेको छ । अटो होल्ड, इबीडी, टीपीएमएस र ईएसपीसहितको व्यापक सुरक्षा व्यवस्था गरिएको सेरेस–३ ले यात्रालाई निश्चिन्त प्रदान गर्दछ ।

सेरेस–३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । यसको बजार मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पर्फमेन्स, लक्जरी र प्रयाक्टिकेलिटीको अतुलनीय संयोजनले नेपाली ग्राहकलाई यस गाडीले आकर्षित गर्ने विश्वास कम्पनीको छ ।

  :