७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालमा क्रेटा फेसलिफ्ट



काठमाडौं- हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटा नेपाल ल्याएको हो ।

भारतमा निकै अगाडिदेखि बिक्री हुँदै आएको फेसलिफ्ट क्रेटामा धेरै परिवर्तन भएको छ । जसमा अगाडि फेसिया, पछाडिको भागसँगै यसको इन्टेरियरमा पनि ब्यापक परिवर्तन देख्न सकिन्छ ।

कम्पनीले अर्को साताबाट बिक्री गर्ने योजना बनाएको क्रेटा फेसलिफ्टको मूल्य पनि प्रकाशन गरेको छ ।
नयाँ क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्प प्रयोग भएको छ । विल्कुलै पृथक रियर लाइटको प्रयोगले यसलाई आकर्षक रोड प्रेजेन्स भएको एसयूभी बनाएको छ ।

साइड बडीमा खासै परिवर्तन नभएको नयाँ क्रेटामा नयाँ डायमण्ड(कट एलोय ह्वील दिइएको छ । नयाँ क्रेटाको सबैभन्दा बलियो पक्ष क्याविन र सुरक्षा फिचर हो । पहिलो पटक क्रेटामा एडास फिचर समावेस गरिएको छ ।

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन् ।

यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् ।

नयाँ क्रेटामा डुअल जोन अटोमेटीक क्लाइमेट कन्ट्रोल, ८(वे पावर एड्जस्टेवल ड्राइभर सिट, लेदर अपहोल्स्ट्रीक, भेन्टिलेटेड फ्रन्ट सिट दिइएको छ । हुन्डाईको ब्लूलिङ्क कनेक्टीभीटी दिइएको कारमा पानोरामिक सनरुफ पाउन सकिन्छ ।

स्टायडर्ड भेरियन्टबाटै ६ वटा एयरब्याग, चारै पाङ्ग्रामा डिस्क ब्रेक जस्ता फिचर उपलब्ध क्रेटामा हिल–स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम उपलब्ध छ ।

यसअघि कै १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध नयाँ क्रेटामा टर्बो इन्जिन पनि १।५ लिटर नै प्रयोग भएको छ । टर्बो इन्जिनले अधिकतम १५८ पीएस र २५३ एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले नेपाल ल्याउने क्रेटाको वेस भेरियन्टको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकेको छ । अहिले बिक्री हुँदै आएको क्रेटा ई भेरियन्टको मूल्य ५४ लाख ५६ हजार रुपैयाँ छ । नयाँ क्रेटा किन्नेले एक लाख ४० हजार रुपैयाँ बढी तिर्नु पर्ने हुन्छ ।

  :