६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम



काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो पार्टनर मिट सम्पन्न गरेको छ । सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो।

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अघिल्लो वर्षको समीक्षा गरी आगामी दिनको रोडम्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको छ । कम्पनी, स्टेक होल्डर्स ९पार्टनर, रिटेलर र प्राइभेट ग्यारेज मेकानिक्स० र ग्राहक बिचको सम्बन्ध अझै मजबुत बनाई प्रगति तर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ। कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्ने बताए । यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुने बताए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ । गल्फ लुब्रिकेन्ट नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड भएको कम्पनीको भनाइ छ ।

  :