७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

४ वटा बिद्युतीय बस किन्यो इटहरी उपमहानगरले




काठमाडौंं–मोरङको इटहरी उपमहानगरपालिकाले नगरभरि सहज र सरलरुपमा यातायात सेवा दिनको लागि बिद्युतीय बस सञ्चालनमा ल्याउन लागेको छ ।

उपमहानगरपालिकाले किनेका चार वटा बिद्युतीय नगर बस इटहरी ल्याइएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले आगामी असोज १ गतेदेखि बिद्युतीय नगर बस सञ्चालनमा ल्याउने बताए । हाल खरीद गरिएका चार वटा नगर बसले इटहरी नगरको चार वटै क्षेत्रलाई समेट्ने गरि सेवा दिने नगर प्रमुख पौडेलको भनाई छ ।

सो बिद्युतीय नगर बसमा जीपीएस, सीसी क्यामेरासहितका प्रविधि समेत जडान गरिएको बताइएको छ ।

  :