७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना,क्याप्टेनसहित ५ जनाको मृत्यु




काठमाडौंं–काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेष्टीको ९ एन एजेडी हेलिकोप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ ।

दुर्घटनामा हेलिकोप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन् ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा दुर्घटना भएको हो । उक्त हेलिकोप्टर काठमाडौंबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको थियो । उडेको ३ मिनेटपछि नै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

  :