६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

६ सेकेण्डमै ब्याट्री फुल चार्ज हुने गोगोरोको नयाँ प्रविधि



काठमाडौंं–गोगोरोको नेपालका लागि आधिकारिक विक्रेता नेबुला मोबिलिटीले आगामी भाद्र ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शो २०२४ मा गोगोरोका नयाँ प्रविधि र बिद्युतीय स्कूटरका तीन मोडल प्रदर्शन गर्ने भएको छ ।

नाडा अटो शोमा मोबिलिटीले ६ सेकेण्डमा नै पूर्णरुपमा ब्याट्री चार्ज गर्न सकिने गोगोरोको प्रविधि र गोगोरोका पल्स, जेगो र जीएक्स २५० स्कूटर प्रदर्शन गर्न लागेको हो । गोगोरोले ६ सेकेण्डमा नै पूर्णरुपमा ब्याट्री चार्ज गर्न सकिने ब्याट्री स्वापिङ प्रविधि केही समय अगाडि नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

नाडा अटो शोमा गोगोरोले अवलोकनकर्ताहरुलाई सो प्रविधि परीक्षण गर्न र यसको प्रयोगको बारेमा जानकारी समेत दिने भएको छ । हाल काठमाडौंका दुई स्थानमा उपलब्ध रहेको यस प्रविधि विस्तार गर्ने कार्य भईरहेको बताइएको छ ।

  :