७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपाली बजारमा महिन्द्राको थ्रीएक्सओ




काठमाडौं–महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले ‘एक्सयूभी थ्रीएक्सओ’ दुई भेरियन्टमा नेपाल भित्र्याएको छ । यही भदौ ११ गतेदेखि काठमाडौमा हुने नाडा अटो शोमा थ्रीएक्सओ प्रदर्शनी हुने कम्पनीले जनाएको छ । थीएक्सओमा थुप्रै फिचर छन् । यसको इन्टेरियरमा पनि थुपै्र परिवर्तनहरु देख्न सकिन्छ ।
नेपाल आएको थ्रीएक्सओ मोडलमा १।२ लिटर टिसिएमपी एफआई इन्जिन उपलब्ध छ ।

महिन्द्राले ३५० एमएम वाटर वेडिङ क्यापासिटी दिएर ल्याएको नयाँ एक्सयूभी थ्रीएक्सओ मोडलमा अप्रोच एङ्गल २३।६ डिग्री, डिपार्चर एङ्गल ३९.६ डिग्री दिएको कारण यसको अफरोड पर्फमेन्स उत्कृष्ट छ ।

कम्पनीले यसको अगाडिको फेस आउँदै गरेको ब्याट्री इलेक्ट्रीक भेहिकलबाट प्रेरित रहेर तयार पारेको छ । ठूलो एलइडी डिआरएल, कन्भेन्सनल हेडलाइट सेटअप, कनेक्टीङ टेललाइट, १७ इन्चको नयाँ अलोय ह्वील, पानारोमिक ग्लास रुफ जस्ता फिचर छ ।

यसमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले र त्यहि साइजको टीएफटी डिस्प्ले छ । हर्मनको अडियो सिस्टम, नयाँ स्टेरिङ ह्वील, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटरिङ सिस्टमसँगै लेभल २ एडास फिचर छ ।

यसमा दिइएको एडास फिचर भित्र फर्वाड कोलिजन वार्निङ, स्मार्ट पाइलट एसिस्ट, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, इमर्जेन्सी ब्रेकिङ सिस्टम, ट्राफिक साइज अर्लट जस्ता फिचर छन् । सबै भेरियन्टमा ६ एयरव्याग र एडास फिचर उपलब्ध कारमा सुरक्षाको लागि क्र्यास सेफ्टीदेखि हिल एसिस्टसम्मका फिचर उपलब्ध छ ।

  :