७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुबारुको हाइब्रिड मोडल ‘क्रसटेक’ नेपाली बजारमा




काठमाडौं– जापानी ब्राण्ड सुबारुको नेपालका लागि आधिकारिक बिक्रेता बिजय मोटर्सले सुबारुको हाइब्रिड क्रसओेभर एसयूभी क्रसट्रेकको बिक्री शुरु गरेको छ ।

बिजय मोटर्सले पहिलो पटक हाइब्रिड मोडल नेपाली बजारमा ल्याएको हो । बिजय मोटर्सले यसको मूल्य १ करोड ६९ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । चालकसहित ५ जनाले आरामदायी यात्रा गर्न सकिने क्रसटेकमा २.० लिटर बक्सर फोर सिलिण्डर पेट्रोल इञ्जिन छ । उक्त इञ्जिनले अधिकतम १५० पीएस पावर दिन्छ । इलेक्ट्रीक मोटरको पावर भने १२.३ किलोवाट छ । यी दुबै मोटर्सको संयुक्त पावर १२२ किलोवाट छ । अल ह्वील ड्राइभमा उपलब्ध यो क्रसओभर एसयूभीको टर्निङ सर्कल १०.८ मिटर रहेको छ ।


गाडीमा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको लम्बाइ ४४९५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २६७० एमएम लामो ह्वीलवेस दिइएको छ ।

ड्यासबोर्डको बीचमा दिइएको ११.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक क्लाइमेट कन्ट्रोल, वायरलेस कार प्ले र एन्ड्रोइड अटो, १० वटा कार्डनको स्पीकर पाउन सकिन्छ । एडास फिचर सहित उपलब्ध क्रसट्रेकले ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

यसको हाइब्रिड टेक्नोलोजीको कम्बाइन रेन्ज प्रति ६.५ लिटर पेट्रोलबाट १०० किलोमिटर रहेको छ । त्यसैगरी कम्पनीले अर्को २.५ लिटर इन्जिनमा आउटब्याक टुरिङ आइसाईट भेरियन्ट पनि ल्याएको छ ।

  :