७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आयोन ईभीको लोकप्रियता बढ्दो




काठमाडौं–चिनियाँ बिद्युतीय गाडी आयोन बिक्रीका हिसाबले चीनमा दोस्रो र विश्वमा तेस्रो ईभी ब्राण्ड बन्न पुगेको छ । जीएसी ग्रुप चीनको उत्पादन आयोन नेपालमा पनि निकै लोकप्रिय ब्राण्ड बन्न पुगेको छ ।


यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा, जीएसी ग्रुपको सवारी साधनमा गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काएको कम्पनीको दाबी छ ।

नेपालमा जीएसी मोटर्सको आधिकारिक विक्रेतका रुपमा आयोनलाई सीजी मोटर्सले आयात र बिक्री वितरण गर्दै आएको छ । नेपालमा विद्युतीय सवारीसाधनहरूमा पछिल्लो समय आयोन वाई लोकप्रिय बनेको छ ।

चार महिनाअघि भित्रिएको आयोन वाई छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको कम्पनीको भनाइ छ ।

जीएसी आयन वाईमा ६१.५किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । गाडीले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । गाडीमा १०० किलोवाटको मोटर छ । यसले १७६ एनएम टर्क क्षमता जेनेरेट गर्छ । गाडीको लम्बाइ ४५३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसमा २७५० एमएमको ह्विलबेस पाउन सकिन्छ ।

  :