७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पाकिस्तानको इभी बजारको ठूलो हिस्सा कब्जा गर्ने बीवाईडीको योजना



पाकिस्तानको ईभी बजारको ठूलो हिस्सा कब्जा गर्ने योजनाका साथ बीवाईडीले पाकिस्तानमा पनि आफ्नो नयाँ प्लान्ट स्थापना गर्ने भएको छ । बीवाईडीले पाकिस्तानको सबैभन्दा ठूलो व्यापार समूह मेगा कंग्लोमेरेटसँग यसबारेमा सम्झौता समेत गरिसकेको छ ।

मेगा कंग्लोमेरेट पाकिस्तानको सबैभन्दा ठूलो निजी क्षेत्रको उर्जा उत्पादक ‘हब पावर कम्पनी’को सहायक कम्पनी हो । नयाँ प्लान्ट कराँचीको पोर्ट कासिम क्षेत्र नजिकै स्थापना गरिने भएको छ । जहाँ टोयोटा, सुजुकी र किया जस्ता अन्य ब्रान्डले समेत एसेम्बली प्लान्ट स्थापना गरेका छन् । बीवाईडीको नयाँ प्लान्ट सन् २०२६ को पहिलो हाफतिर सञ्चालनमा आउनेछ ।

बीवाइडीले सुरुमा ३ वटा मोडल लन्च गर्ने तयारी थालेको हो । जसमा सेडान र एसयूभी मोडल सामेल हुने टुंगो लागिसकेको छ । उक्त प्लान्टबाट गाडी उत्पादन थाल्नु अघि कम्पनीले यस वर्षको चौथो त्रैमासिकमा बीवाईडीका गाडीहरु पाकिस्तानमा बिक्री सुरु गर्ने तयारी थालेको छ ।

बीवाइडीले यस अघि ८० भन्दा बढि देशमा आफ्नो पहुँच विस्तार गरिसकेको छ ।

  :