माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नक्सालमा दक्षिण एसियाकै ठूलो हेलमेट शोरुम भाद्र १४ देखि सञ्चालनमा




काठमाडौं– मोटरसाइकलका एशोसरिज, टायर, राइडिङ गियर, पार्टस्, हेल्मेट्स जस्ता सामान बिक्री गर्दै आएको हेल्मेट्स नेपालले काठमाडौंको नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याउने भएको छ । प्रहरी मुख्यालय अगाडि रहेको उक्त शोरुम यही भाद्र १४ गतेदेखि सञ्चालनमा ल्याइने भएको हो ।

उक्त शोरुम दक्षिण एसियाकै ठूलो हेलमेट र एशोसरिज शोरुम भएको समेत दावी गरिएको छ । ४ हजार स्क्वायरफिट क्षेत्रफलमा एशोसरिज तथा हेलमेट बिक्रीका लागि शोरुम निर्माण अन्तिम चरणमा पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

हेलमेट्स नेपालले प्रिमियम हेलमेट ब्रान्ड, एलएस टू, एरो, निक्को, स्पाइडर, एमटी, एमएमके लगायतका अन्य १० भन्दा धेरै ब्रान्डका हेलमेट बिक्री गर्दै आएको छ । कम्पनीले नयाँ ब्रान्ड सार्वजनिक गर्ने बताएको छ ।

कम्पनीको माइतीघर र चाबहिलमा पनि शोरुम छ ।

  :