७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपाली बजारमा नामी




काठमाडौं– चिनियाँ कम्पनी डङफेङको नामी ईभी नेपालमा भित्रिएको छ । नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले उक्त गाडी नेपाल भित्र्याएको हो ।

कम्पनीले नामीका ३ वटा भेरियन्ट ई–१, ई–२ र ईं–३ ल्याएको हो । कम्पनीका अनुसार ई–१ को मूल्य २९ लाख ९९ हजार, ई–२ को ३१ लाख ९९ हजार र ई–३ को ३४ लाख ९९ हजार तोकिएको छ । यस गाडीमा ३१.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त गाडीमा ४२.३ किलोवाट क्षमताको ब्याट्र प्याक रहेको छ ।

गाडीमा ७० किलोवाट क्षमताको मोटर रहेको पनि कम्पनीले जनाएको छ । जसले १६० एनएम टर्क उत्पादन गर्न सक्छ । ब्याट्रीको फुल चार्जमा सीएलटीसी ४३० किलोमिटर र डब्लुएलटीपी ३१४ किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवालले नामीले नेपाली बजारमा सफलता हात पार्ने विश्वास व्यक्त गर्नुभयो ।

  :