बैशाख २९, २०८२ सोमबार | Tue May 13 2025

एमएडब्लुले दिपलका दुई मोडल ईभी सार्वजनिक गर्ने




काठमाडौं–चाँगानको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी भदौ ११ गतेदेखि काठमाडौंमा हुने नाडा अटो शोमा दिपल ब्राण्डको दुई वटा मोडल ईभी सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले दिपल एल०७ बाहेक सार्वजनिक गर्ने तयारी गरेको नयाँ ईभीबारे कुनै जानकारी बाहिर ल्याएको छैन । यो गोप्य मोडललाई नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

अघिल्लो सिब्लिङमा जस्तो नयाँ एल०७ मा पनि वेलकम सिट, एआर एचयूडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरूका साथै ५४० किलोमिटर रेन्ज रहेको कम्पनीले जनाएको छ ।


यो ईभीले एस०७ को नवीनता र सफलतालाई पार गर्ने छ वा नयाँ स्थान सिर्जना गर्ने छ रु यसको जवाफ नाडा अटो सोको पहिलो दिन मिल्ने छ,ू कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

चांगनको दिपलका ईभीले टेक्नोलोजी जायन्ट हुवावेसँगको सहकार्यमा अद्वितीय रेन्ज, विश्वसनियता र प्रदर्शन प्रत्याभूत गर्ने कम्पनीको दाबी छ ।

  :