७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नाडा अटो शोमा सार्वजनिक हुँदै ‘जिकर एक्स’




काठमाडौं–चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमियम ईभी ब्राण्ड जिकरले लक्जरी एसयूभी जिकर एक्स भाद्र ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा सार्वजनिक गरिने भएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले जिकर एक्सको रियर ह्विलर र अल ह्वील ड्राइभ भेरियन्टको जिकर एक्सको मूल्यबारे यस अगाडि नै जानकारी गराईसकेको छ । सार्वजनिक गर्न लागेको हो । यो नयाँ प्रिमियम ईभीको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख रुपैयाँ तोकिएको छ ।

चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमिमय ईभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरियन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल– ह्विल–ड्राइभ सिस्टम दिएको छ । यो एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम छ भने ह्विलवेस २७५० एमएम लामो छ ।

सो नयाँ कम्प्याक्ट एसयूभीमा जिकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै यसको रियर ह्विल ड्राइभमा २०० किलोवाट तथा अल ह्विल ड्राइमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ ।

सिंगल मोटर भेरियन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरियन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ । स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले शून्यदेखी १०० किलोमिटरसम्मको गति लिन सक्छ ।

  :