७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्राहकहरुको आकर्षण नामी ईभीमा पनि देखियो




काठमाडौं–चिनियाँ कम्पनी डङफेङ मोटर्सको उत्पादन नामी ईभीको नाडा अटो शोमा रहेको स्टलमा ग्राहक तथा अवलोकनकर्ताहरुको भीड लागेको छ । नाडा अटो शोमा ग्राहक तथा अवलोकनकर्ताहरुको आकर्षणको केन्द्र नै बनेको छ नामीका बिद्युतीय सवारी साधनहरु ।

दुई वटा भेरियन्ट एमएडब्लु वृद्धि अटोकर्पले नेपाल भित्र्याएको यस गाडीको आकर्षक डिजाइन, फिचर ग्राहकहरुले निकै रुचाएका छन् । अहिले नाडा अटो शोमा नामीको ई–२ र ई–३ मोडल राखिएको छ । ई–१ भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।

ई–१ र ई–२ मा ३१.४ किलोवाट क्षमता र ई–३ मा ४२.३ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त गाडीमा ४२.३ किलोवाट क्षमताको ब्याट्र प्याक रहेको छ । नामीका तीन वटै भेरियन्टमा ७० किलोवाट क्षमताको मोटर रहेको पनि कम्पनीले जनाएको छ ।

नामी ई–१ को मूल्य २९ लाख ९९ हजार, ई–२ को ३१ लाख ९९ हजार र ई–३ को ३४ लाख ९९ हजार मूल्य तोकिएको छ ।

  :