माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

निसानका गाडी किन्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजमा कर्जा दिने




काठमाडौं– महालक्ष्मी विकास बैंकले निसान ब्राण्डका सवारी साधन खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमा नै कर्जा प्रदान गर्ने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा बैंक र नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।


विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।


“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

  :