६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेपालमा हाइड्रोजन कार, प्रधानमन्त्री ओलीद्वारा शुभारम्भ




काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलोपटक ल्याइएको हाइड्रोजन कार र हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेशनको काभ्रेको धुलिखेलमा शुक्रबार शुभारम्भ गर्नुभएको छ ।

काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा भाग लिन धुलिखेल पुग्नु भएका प्रधानमन्त्री ओलीले हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेशन र बा १ झ ११११ नम्बरको हाइड्रोजन कारको शुभारम्भ गर्नुभएको हो । कोरियामा बनेको हुण्डाई कम्पनीको हाइड्रोजन कार काठमाडौं विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरि नेपाल ल्याएको हो ।

हेलिकोप्टरबाट धुलिखेल पुग्नु भएका प्रधानमन्त्री ओली ग्रीन हाइड्रोजन ल्याबले निर्माण गरेको हाइड्रोजनबाट चल्ने कार सवार गरि कार्यक्रमस्थल पुग्नु भएको थियो । प्रधानमन्त्री ओली हाइड्रोजनको प्रयोगबाट कार्बनउत्र्सजनमा कमी आई प्रदूषण कम गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सरकारले आवश्यक पर्ने नीति नियमको तर्जुमा गर्दै हाइड्रोजन प्रविधिलाई व्यावसायिक प्रयोजनमा चाँडोभन्दा चाँडो लैजाने पनि बताउनुभयो ।

  :