६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

गोगोरोको ब्याट्री स्वापिङ टेक्नोलोजीप्रति सबैको चासो




काठमाडौं– भृकुुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा नेबुला इनर्जीले प्रदर्शनीमा राखेको गोगोरोको ब्याट्री स्वाप टेक्नोलोजीको स्टलमा अवलोकनकर्ताहरुको घुँइचो देखिन्छ । स्वाप स्टेशनमा ६ सेकेण्डमा नै ब्याट्री स्वाप गर्न सकिन्छ । बिजुलीको लाइनमा जोडेर ब्याट्री चार्ज गरिरहेका बिद्युतीय सवारी साधन प्रयोगकर्ताहरुलाई गोगोरोको ब्याट्री स्वाप टेक्नोलोजीप्रति चासो र कौतुहलता देखिएको छ ।


ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो जसले चार्ज सकिएको ब्याट्रीसँग फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी साधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्दछ। ब्याट्री स्वापिङ टेक्नोलोजीले दुई–पाङ्ग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ र सुरक्षित, दिगो र स्केलेबल तरिकामा शहरी मोबाइल ऊर्जा मागहरूको सम्बोधन गर्दछ।

ताइवानमा गोगोरो नेटवर्कले ६ लाख १० हजारभन्दा बढी सवारहरूलाई समर्थन गर्छ र २ हजार ५०० भन्दा बढी स्थानहरूमा १२ हजार ५०० ब्याट्री स्वापिङ स्टेशनहरूको नेटवर्क मार्फत् यसका १.४ मिलियन भन्दा बढी स्मार्ट ब्याट्रीहररु सर्कुलेशनमा छन्। ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेशनहरु पेट्रोल स्टेशनहरु भन्दा बढी छन्। ४ लाखभन्दा बढी दैनिक ब्याट्री स्वाप र आजसम्म ६१५ मिलियनभन्दा बढी कुल ब्याट्री स्वापसँगै गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरु भएदेखि १० लाख टनभन्दा बढी कार्बनडाइअक्साइड बचत गरेको बताइएको छ ।

  :