फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

अटो शोको पाँचौं दिनसम्म स्काईवेलको ९९ युनिट गाडी बुकिङ




काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को पाँचौं दिन शनिबारसम्म स्काइवेलको नेपालको लागि आधिकारिक विक्रेता जी मोटर्सले ९९ युनिट गाडी बुकिङ गरेको छ ।

यस अवसरमा कम्पनीले प्रदर्शनीस्थलमा नै केक काटेर खुशीयाली समेत मनाएको छ । कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालका अनुसार स्काईवेलको ईटी–५ र बीई–११ मिलाएर शनिबारसम्म ९९ युनिट गाडी बुकिङ गरिएको छ । अझै आइतबार एक दिन नाडा अटो शो बाँकी रहेकाले थप बुकिङ हुने विश्वास समेत गेलालले व्यक्त गरे ।

अहिले बीई–११ मोडलको दुई भेरियन्ट अटो शोमा प्रदर्शनी गरेको हो । कम्पनीले प्रदर्शनी गरेको नयाँ मोडलमा ५१ र ७१ किलोवाट आवरको ब्याट्री छन् । । दुई भेरियन्टमा १५० किलोवाट मोटरपावर रहेको जनाएको छ । यस ईभी ४१० किलोमीटर रेञ्ज र ५२० किलोमीटर रेञ्ज गरी दुई भेरियन्टमा उपलब्ध छ । कम रेञ्जमा ५८ किलोवाट आवर र माथिल्लो रेञ्जमा ७१ किलोवाट आवरको ब्याट्री प्याक छ ।

  :