६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा




काठमाडौं– काठमाडौंको तीनकुनेमा विद्युतीय र वैकिल्पक उर्जाबाट चल्ने गाडीका लागि सर्भिस सेन्टर सञ्चालनम आएको छ । लक्ष्मी गु्रप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालन गरेको हो ।

सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री जाँच गर्ने उपकरण राखिएको कम्पनीले जनाएको छ । सेन्टरमा हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाई भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टर राखिएका छन् । कम्पनीका अनुसार अत्याधुनिक र विश्वस्तरीय उपकरणबाट परीक्षण र मर्मत गरिनेछ ।

सेन्टरमा इभी सर्टिफाइड दक्षता हासिल गरेका प्राविधिकहरुले सेवा दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्भिस सेन्टरमा इभी चार्जिङ पोइन्ट, यथेष्ट पार्किङ सुविधा र ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस बेहरु जडान गरिएका छन् ।

  :