७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिजी मोटर्सले स्मार्ट सवारीहरु चाँडै नेपालमा लञ्च गर्ने




काठमाडौं– विश्वव्यापी मर्सिडिज बेञ्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जीली ग्लोबल इञ्जिनीयरिङ टिमद्वारा इञ्जिनीयरिङ गरिएको नयाँ पुस्ताका स्मार्ट सवारीहरु नेपालमा लञ्च हुने भएको छ ।

सिजी मोटर्सले नयाँ ईभी स्मार्ट #१ र स्मार्ट #३ नेपालमा लञ्च गर्न लागेको हो । जसले इलेक्ट्रिक ड्राइभिङमा आधुनिकताको नयाँ लहर ल्याउने अपेक्षा कम्पनीले गरेको छ । विश्वव्यापी मर्सिडिज–बेन्ज डिजाइन नेटवर्कद्वारा डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ टिमद्वारा इन्जिनियर गरिएको स्मार्ट #१ र स्मार्ट #३ अब छिट्टै नेपालमा लन्च र नेपालको ड्राइभिङ अनुभवलाई दिगो र स्मार्ट भविष्यतर्फ अघि बढाउने कम्पनीको दावी छ ।

चीनमा उत्पादन हुने यी सवारीहरू छिटो बढ्दो बी–सेगमेन्टको लागि तयार गरिएका छन्, जसले चालकलाई प्रिमियम प्रविधिको अनुभव दिनेछन् ।

विश्वभरि १६ लाखभन्दा बढी स्मार्ट सवारीहरू बिक्रीको साथ, ब्रान्डले छोटो समयमा नै अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल रहेको छ। दुवै मोडलले सुरक्षा सुनिश्चित गर्दै फाइभ स्टार यूरो एनसीएपी सेफ्टी रेटिङ प्राप्त गरेका छन् । अत्याधुनिक ड्राइभर–असिस्ट, आकर्षक डिजाइन र नव प्रविधि जस्ता विशेषता स्मार्टमा सामेल छन्।

  :