६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

टोयोटाको प्रियस हाइब्रिड विश्व रेकर्ड कायम गर्न सफल




काठमाडौं– जापानिज सवारी साधन निर्माता कम्पनी टोयोटाको पाँचौं जेनेरेसन प्रियस प्लग इन हाइब्रिड कारले विश्व रेकर्ड कायम गर्न सफल भएको छ ।

अमेरिकाको इस्टकोस्ट न्यूयोर्कबाट वेष्टकोस्ट लस एञ्जलससम्मको ४४९० किलोमीटरको लामो यात्रा पूरा गर्दै टोयोटा प्रियस हाइब्रिडले विश्व रेकर्ड बनाएको हो । एक लिटर पेट्रोलले ४० किलोमीटर रेञ्ज दिएर टोयोटा प्रियसले विश्व रेकर्ड कायम गर्न सफल भएको हो ।

टोयोटा प्रियस प्लग–इन हाइब्रिड पावरट्रेनमा २.०–लिटर ४–सिलिन्डर इन्जिन छ । सो इन्जिनले २२० बीएचपी पावर जेनेरेट गर्छ । प्लग–इन हाइब्रिड सेटअपमा १३.६ केडब्ल्युएचको ब्याट्रीको साथमा उपलब्ध छ । जसलाई पछाडिको सिटमा राखिएको छ । नयाँ मोडलले पुरानो मोडलको तुलनामा ५० प्रतिशत बढी रेन्ज दिएको दाबी गरिएको छ । सो कार फुल ईभी मोडमा ९० किलोमिटरसम्म चल्न सक्छ ।

यसको व्याट्री चार्ज गर्नका लागि टोयोटाले रुफमा सोलार सेलसमेत लगाएको छ । यसले गाडी चलाउँदा चलाउँदै चार्ज हुनेछ । स्ट्रङ हाइब्रिड भर्सनमा १.८ लिटर र २.० लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । यसले १९४ बीएचपीसम्मको पावर जेनेरेट गर्छ ।

  :