६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

इण्डोनेशियामा पनि नेटा ईभीको उत्पादन शुरु




काठमाडौं– चाइनिज इलेक्ट्रिक कार नेटा एक्सको इण्डोनेशियामा पनि उत्पादन शुरु भएको छ ।

यस अगाडि थाइल्याण्ड उत्पादन शुरु गरेको नेटाले पीटी हन्डाल इण्डोनेशिया मोटर फ्याक्ट्री, पन्डुक युन्गु, बिकासी, वेष्ट जाभामा आफ्नो पहिलो उत्पादन शुरु गरेको हो । नेटाले अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नको लागि विभिन्न देशहरुमा उत्पादन शुरु गरेको छ ।

कम्पनीले मलेसियामा पनि उत्पादन युनिट बनाईरहेको छ । नेटाले सन् २०२३ मा १ लाख २७ हजार ४ सय ९६ युनिट ईभी बिक्री गरेको बताइएको छ ।

  :