६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मर्सिडिजको इक्युएस ५८० राख्यो विश्व रेकर्ड



काठमाडौं– भारतको प्रतिष्ठित अटोमिडिया अटोकार इण्डियाले मर्सिडिजको इक्युएस ५८० लाई एकपटकको चार्जमा ९४९ किलोमीटर गुडाएर विश्व रेकर्ड कायम गरेको छ ।

भारतको बेंगलोरबाट शुरु भएको इक्युएस ५८० को यात्रा मुम्बईसम्म पुगेर एकपटकको चार्जमा ९४९ किलोमीटर गुडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएको हो । यस अगाडि बेलायतको फर्ड मस्टाङ म्याकईले सिंगल चार्जमा ९१६.७ किलोमीटर गुडेर विश्व रेकर्ड कायम गरेको थियो ।

बेंगलोरेदेखि मुम्बईसम्मको यात्रामा राजमार्गमा ५० देखि ६० किलोमीटर प्रतिघण्टा स्पीड रहेको बताइएको छ ।

  :