६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

एमजी जेडएस ईभी डिलक्सको विशेष नाडा–दशैं अफर असोज ४ गतेसम्म




काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष नाडा–दशैं अफर यही असोज ४ गतेसम्म रहेको जनाएको छ ।

कम्पनीले एमजी मोटर्सको एक सय बर्षको अवसरमा एमजी जेडएस ईभीको विशेष–नाडा दशैं अफर घोषणा गरेको थियो । कम्पनीले शुरुमा यो अफर असोज १९ गतेसम्म हुने जनाएको भए पनि ग्राहकहरुको उच्च मागका कारण १५ दिन अगाडि नै योजना समाप्त गर्नुपरेको कम्पनीले जनाएको छ ।

विशेष नाडा–दशैं अफर अन्तर्गत कम्पनीले एमजी जेडएस ईभी डिलक्सको मूल्य ४६ लाख ९९ हजार कायम गरेको छ । यस अगाडि यस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको थियो । आकर्षक डिजाइन र इन्टेरियरका कारण जेडएस ईभी ग्राहकहरुको रोजाईमा पर्दै आएको छ । यसमा ५१ किलोवाट आवरको ब्याट्री क्षमता भने ब्याट्री फुलचार्जमा ३२० किलोमिटर रेञ्ज दिने बताइएको छ । जेडएस ईभीमा ९९ किलोवाट क्षमताको मोटर छ ।


ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर पारामाउन्ट मोटर्सले दशैं अगाडि नै भक्तपुरको सल्लाघारी र काठमाडौंको सुकेधारामा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने जानकारी समेत दिएको छ ।

  :