६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

जीएसी एयोनलाई वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइट हाउस अवार्ड




काठमाडौं– नयाँ प्रविधिको प्रयोग गरेर गाडी उत्पादन गर्ने तरिकामा सुधार गरेका कारण चिनियाँ बिद्युतीय गाडी निर्माता जीएसी एयोनले वर्ल्ड इकोनोमिक फोरमबाट प्रतिष्ठित लाइट हाउस अवार्ड पाएको छ ।

अवार्ड प्राप्त गरेकपछि जीएसी एयोनले उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरूले एयोनलाई गाडी निर्माण उद्योगमा अलग बनाएको जनाएको छ ।

यस अवार्डले जीएसी एयोनको चौथो औद्योगिक क्रान्ति प्रविधिहरूको कार्यान्वयनलाई मान्यता दिने जनाइएको छ । जसले उत्पादन प्रक्रियाहरूलाई उल्लेखनीय रूपमा सुधार गरेको दाबी गरिएको छ ।

वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त यस अवार्डले जीएसी एयोनलाई उन्नत प्रविधिहरूको प्रयोगमा शीर्ष खेलाडीकोरूपमा पुष्टि गरेको र यसले सम्पूर्ण उद्योगलाई उदाहरण प्रस्तुत गरेको कम्पनी भनाई छ ।

  :