६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

गोगोरो र नेबुला इनर्जीको शोरुम नक्सालमा




काठमाडौं– गोगोरो इंक र नेबुला इनर्जीले नक्सालस्थित नारायणचौरमा शोरुम सञ्चालनमा ल्याएका छन् ।

कम्पनीका महाप्रबन्धक चिरन्जिवी शाहका अनुसार यो एक्सपिरियन्स सेन्टरले स्मार्ट स्कुटर र स्वाप् स्टेशनहरू मार्फत् ग्राहकहरूलाई गोगोरोको प्रविधि अनुभव गर्ने पहिलो लाइभ टचपोइन्टको रूपमा समेत काम गर्ने छ ।


ग्राहकहरूले अब आफ्नो मन पर्ने गोगोरो मोडेलहरू टेस्ट राइड गर्न सक्ने र विभिन्न ब्याट्री स्वापिङ प्लानका बारेमा जानकारी लिएर बुकिङ समेत गर्न सक्ने शाहले बताए ।

ब्याट्री स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कूटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।

  :