७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

असोज १२ देखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ




काठमाडौं– दशैं, तिहारका लागि यही असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।


बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गर्ने निर्णय पनि भएको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।


यस्तै वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ ।

  :