६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

१० करोड युनिट गाडी उत्पादन गर्न सफल हुन्डाई





काठमाडौं– दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईले स्थापनाको ५७ बर्षमा १० करोड युनिट गाडी उत्पादन गरेको छ । विश्व अटोमोबाइल उद्योगमा यो सबैभन्दा तीव्र गतिमा प्राप्त सफलता भएको हुन्डाईले जनाएको छ । यस अवसरको खुशीयालीमा हुण्डाईले कोरियाको उल्सनस्थित प्लान्टमा विशेष कार्यक्रम गरि मनाएको छ ।

हुन्डाईले उक्त १० करोड नम्बरको गाडी ‘आयोनिक ५’ एक ग्राहकलाई आपूर्ति गरिएको जानकारी दिएको छ । उल्सानस्थित सिपिङ प्लान्टमा विशेष कार्यक्रम आयोजना गरी हुन्डाईले उक्त गाडी हस्तान्तरण गरेको हो । कार्यक्रममा ‘१० करोड र १’ नारा अंकित डिस्प्ले बोर्ड पनि प्रदर्शन गरिएको थियो ।

सन् १९६८ मा स्थापित उल्सान प्लान्टलाई कोरियाको अटोमोबाइल उद्योगको जन्मस्थल मान्ने गरिन्छ । यही प्लान्ट नजिकै हुन्डाईले विद्युतीय गाडी प्लान्ट पनि स्थापना गरेको छ ।

  :