७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाडौं उपत्यकाका १५ स्थानमा सिप्रदीको यात्रु सहायता कक्ष




काठमाडौं– सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले दशैं मनाउन उपत्यका छाड्ने यात्रुहरुको सहजीकरणका लागि काठमाडौं उपत्यकाका विभिन्न १५ प्रमुख स्थानमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ । काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सहायता कक्षको व्यवस्था गरिएका हो ।

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ(बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको हो ।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएकाले यात्रुहरूलाई टिकट बुकिङका क्रममा विभिन्न समस्या र अन्यौलता नहोस् भनी सेवा दिइएको कम्पनीले जनाएको छ । यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षासम्बन्धि सुसूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने कम्पनीले जनाएको छ ।

  :