माघ १४, २०८२ मंगलबार | Wed Jan 28 2026

अल्ट्रभोइलेटको इलेक्ट्रिक बाइक नेपाली बजारमा, मूल्य ९ लाख ९९ हजार, यस्ता छन् विशेषता





काठमाडौं– अल्ट्रभोइलेटको इलेक्ट्रिक बाइकको नेपालका लागि आधिकारिक वितरक केडिया समूहले आधिकारीक रुपमा बिक्री शुरु गरेको छ । उक्त इलेक्ट्रिक मोटरसाइकलको मूल्य ९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

बाइकमा ३२० मिमी फ्रन्ट र २३० मिमी रियर डिस्क ब्रेक दिइएको छ। स्ट्यान्डर्ड मोडलमा ७.१ किलोवाट आवर ब्याट्री र रिकोन ट्रिममा १०.३ किलोवाट आवर ब्याक छ। यसको रेञ्ज क्रमशः २१२ किलोमिटर र ३२३ किलोमिटर छ। रिकोन मोडलमा १० लेयर्स स्विचचेबल रिजनरेटिभ ब्रेकिङ फिचर्स दिइएको छ।

यसमा स्टयान्ड सेन्सर, हिल होल्ड, ट्रायाक्सन कन्ट्रोल, मनो डूयुल च्यानल एबिएस, डाइनामिक स्टयाबिलिटि कन्ट्रोल डिस्क ब्रेक, एलइडी डिस्प्ले, राइड मोड, एलइडी हेड लाइट्स जस्ता फिचरहरु छन् । कम्पनीले ८ लाख किलोमिटर ब्याट्रीमा वारेन्टीसमेत दिएको छ ।

यो ग्राउन्ड ब्रेकिंग मोटरसाइकलले विद्युतीय सवारी उद्योगमा नयाँ मापदण्ड मात्र बनाएको छैन तर यसको अत्याधुनिक प्रविधि, असाधारण डिजाइन र अनुपम कार्यसम्पादनका लागि प्रशंसा प्राप्त गर्दै २०२४ सिजनको सबैभन्दा अवार्ड प्राप्त इलेक्ट्रिक मोटरसाइकलको रूपमा पनि उभिएको छ । अल्ट्रभोइलेटको शोरुम काठमाडौंको नारायणचौर, नक्सालमा अवस्थित रहेको छ ।

  :