६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

चाँडै नै नेपाली बजारमा बीवाईडीको सिगल




काठमाडौं– बीवाईडीको सस्तो इलेक्ट्रिक कार सिगल चाँडै नै नेपालमा बिक्री शुरु गर्ने तयारी भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०२४ को अन्त्यसम्ममा सिगलको बिक्री शुरु गर्ने योजना बनाएको बताइएको छ ।

ई–प्लेटफर्म ३.० मा निमाण गरेको सिगल कारमा ३० र ३८ किलोवाट आवर एलएफपी दुई व्याट्री अप्सन पाउन सकिन्छ । जसमध्ये ३० किलोवाट आवर जडित भेरिएन्टले ३०५ र अर्को लङ रेन्ज भेरिएन्टले ४०५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यी दुवै व्याट्री अप्सनले डीसी फास्ट चार्जर सपोर्ट गर्ने जनाइएको छ । कारलाई ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सिगलमा ५५ किलोवाटको मोटर जडान गरिएको छ । जसको पावर ७५ एचपी छ भने यसलाई १३० किलोमिटर प्रति घन्टाको टप स्पिडमा गुडाउन सकिन्छ । कारमा ५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फ्ल्याट वटम स्टेरिङ ह्विल, वायरलेस चार्जिङ प्याड र दुईवटा कप होल्डर लगायत फिचर दिइएको छ ।


बीवाईडीको सिगल चाँड नै नेपाली बजारमा उपलब्ध हुने चर्चासँगै सस्तो तथा सानो कार किन्न चाहने ग्राहकहरु निकै खुशी भएका छन् ।

  :