२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

११ मिनेटमा ८० प्रतिशत चार्ज हुने साओमीको ईभीको प्रि–बिक्री शुरु




काठमाडौं– स्मार्टफोन निर्माता साओमीले इलेक्ट्रिक कार ल्याउने भएको छ । साओमीको एसयू७ अल्ट्रा इलेक्ट्रिक स्पोर्ट कारको चीनमा प्रि–बिक्री सुरु भएको छ । सन् २०२५ को मार्चमा सार्वजनिक हुने भनिएको यस ईभीको मूल्य चीनमा १ लाख १४ हजार २०० अमेरिकी डलर छ । यस ईभीको प्रस्तुतिकरण सार्वजनिक भएको १० मिनेटमा नै ३ हजार ६८० अर्डर आएको बताइएको छ ।


सीएटीएलको ९३.७ किलोवाटआवरको ब्याट्री रहेको यो गाडीको डिस्चार्ज पावर १३३० किलोवाट छ । यस गाडीको ब्याट्री ११ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ । गाडीमा रहेका तीन इलेक्ट्रिक मोटरले संयुक्तरुपमा ११३८ किलोवाट अर्थात् १५२६ हर्सपावर आउटपुट दिने छ ।

सो कार एक पटक फुल चार्ज गरेपछि ८०० किलोमिटरसम्मको रेन्ज दिने दावी कम्पनीको छ । यसमा ब्रेकिङ सिस्टमको लागि ०.६जी रिजेनेरेटिभ ब्रेकिङ र २.३६जी फिजिकल ब्रेक जस्ता फिचर उपलब्ध गराइएको छ, जसका कारण सो कार १०० किलोमिटर प्रतिघण्टाको गतिबाट २५ मिटरमा रोकिन्छ ।

  :