काठमाडौं– चिनियाँ ब्राण्ड एवोनको नयाँ एसयूभी ‘भी’ सिजी मोटर्सले आगामी डिसेम्बरमा नेपाली बजारमा ल्याउने भएको छ । एवोन–भीमा २३ प्रकारका टेक्नोलोजी फिचर र ८ प्रकारका कोर यूजर भ्यालू पाउन सकिने कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको सिएटीएलको ब्याट्रीलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।
सिजीले नेपाल ल्याउने एवोन भी मोडलमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने बताइएको छ ।
नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुने एवोन ‘भी’को लम्बाई ४६०५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस प्रयोग भएको छ ।
प्रतिक्रिया