२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

सिप्रदी ट्रेडिङद्वारा १० वटा बस व्यवसायीहरुलाई हस्तान्तरण




काठमाडौं–नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पत्थर डाँडा, रुपन्देहीमा एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरु हस्तान्तरण गरेको छ । सिप्रदीले त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई उक्त बसहरु हस्तान्तरण गरेको हो।

त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस ब्यबसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो।

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ। कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जनाएका छन् ।

बसमा अत्याधुनिक प्रविधि र द्यक्ट मानक प्रयोग भएको छ । जसले यसलाई वातावरणमैत्री बनाउने कम्पनीले जनाएको छ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ।

  :