१५ माघ २०८१, मंगलबार | Wed Jan 29 2025

सीजी मोटर्सद्वारा थापाथलीमा एक्सपेङ जी६ को शोरुम सञ्चालन




काठमाडौं– नेपालका लागि एक्सपेङ ईलेक्ट्रिक भेइकलको आधिकारिक वितरक सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेङ ईभीको शोरुम सञ्चालन गरेको छ । शोरुमको उदघाटनसँगै सीजी मोटर्सलेले एक्सपेङको नयाँ जी६ इलेक्ट्रिक एसयूभीको बिक्री समेत सुरुवात गरेको छ । शनिबार सञ्चालनमा आएको शोरुमबाट कम्पनीले २५ वटा गाडी हस्तान्तरण पनि गरेको छ ।

कार्यक्रममा सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा विद्युतीय साधनको प्रयोग तिब्र गतिमा बढेको बताउँदै हाम्रो नेटवर्क, सर्भिस र चार्जिङ पूर्वाधारको हिसावले नेपालमा सिजी मोटर्स लिडिङ कम्पनी बनिसकेको दावी गरे ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र एसईपिएस २।० प्रविधिहरू ल्याएको कम्पनीले जनाएको छ । यसमा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाएको छ ।

एक्सपेङ जी६ मा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् । साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा आल्मुनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ ।

गाडीले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ । यसमा रहेको एक्सएनजीपी इन्टेलिजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ राडार, अल्ट्रासोनिक सेन्सर, क्यामेरा र ड्युअल ओरिन एक्स माइक्रोचिपको प्रयोग गरिएको छ । गाडीको लम्बाइ ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । ह्विलमा पनि १८ र २० इन्चको अप्सन दिइएको छ ।

अब, काठमाडौंको थापाथलीमा रहेको नयाँ शोरुममा ग्राहकले एक्सपेङका गाडीहरूलाई नजिकबाट अनुभव गर्न र टेस्ट ड्राइभ लिन सक्ने कम्पनीले जनाएको छ । सीजी मोटर्सले नेपालभर २० भन्दा बढी सेल्स र सर्भिस सेन्टर सञ्चालन गर्दै एक्सपेङलाई आफ्नो ब्रान्ड पोर्टफोलियोमा समाहित गरेको छ । कम्पनीले यस वर्षको अन्त्यसम्म ४० नयाँ सर्भिस सेन्टर खोल्ने योजना ल्याएको छ । त्यस्तै २४४ भन्दा बढी स्थानमा डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्ट थप्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

एक्सपेङको जी६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

  :