६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

हुण्डाईको हाइड्रोजन कार २०२५ भित्रै बजारमा




कठमाडौं– कोरियाली कार उत्पादक कम्पनी हुण्डाईले उत्पादन शुरु गरेको हाइड्रोजन कार सन् २०२५ भित्रै बजारमा ल्याउने भएको छ । कम्पनीले कारको फर्स्ट लुक सार्वजनिक गरेको हो ।


इन्टियम एसयूभी भनिएको यो कारको आधिकारिक डेब्यु २०२४ लस एन्जलस अटो शोमा हुनेछ भने गोन्जाउ अटो शोमा पनि प्रदर्शन हुनेछ ।

हुन्डाईले एलएमै आयोनिक नाइन पनि प्रदर्शन गर्नेछ । इन्टियमको फर्स्ट लुकले हुन्डाई नेक्सोलाई रिप्लेस गर्ने बताइएको छ । नेक्सो झैं इन्टियममा इलेक्ट्रिक मोटर हुनेछ । सो मोटरलाई हाइड्रोजन फ्युलले ऊर्जा प्रदान गर्नेछ भने पूरक ब्याट्री प्याकले पनि ऊर्जा दिनेछ ।

  :