३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

फोटोनको माउन्टेन ईभी भ्यान सार्वजनिक, एकै पटक सय जना ग्राहकलाई हस्तान्तरण




काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धिले नेपालको सम्पूर्ण भूगोलमा चलाउन सकिने क्षमता भएको माउन्टेन ईभी भ्यान लन्च गरेको छ ।

सो अवसरमा एकै पटक १०० ग्राहकलाई माउन्टेन ईभी भ्यान हस्तान्तरण समेत गरिएको छ । सो माउन्टेन ईभीमा ५३.५८ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्री प्याक छ, जसले फुल चार्जमा एनईडीसी अनुसार ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी यसले १३० किलोवाटको पावर र ३३० एनएमको टर्क जेनेरेट गर्छ भने यसको ग्रेडेबिलिटी २५ प्रतिशत छ । यी सबैका कारण नेपाली बजारमा यति एड्भान्स्ड फिचर भएको माउन्टेन ईभी पहिलो गाडी भएको कम्पनीको दावी छ । १४ र १५ सिट अप्सनमा उपलब्ध हुने माउन्टेन ईभी भ्यान स्पेसियस र कम्फर्टेबल हुनुका साथै ठूलो हेडरुमका लागि हाई रुफ छ । १४ सिटर माउन्टेन ईभी भ्यानको मूल्य ५८ लाख ९९ हजार र १५ सिटर माउन्टेन ईभी भ्यानको मूल्य ५७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसमा ५ वर्ष वा ३ लाख किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली बजारमा जहिले पनि एमएडब्लु ग्रुपले फर्स्ट–इन–सेगमेन्ट सवारी साधन ल्याइरहेको र त्यसैको निरन्तरता माउन्टेन ईभी भएको बताए । नेपाली ग्राहकलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई यसले प्रमाणित गरेको पनि उनले बताए ।

एमएडब्लु वृद्धिका सीईओ तुसार गुप्ताले नेपालकै लागि बनाइएको माउन्टेन ईभी यो क्लासकै च्याम्पियन भएको बताए । उनले विगत १९ वर्ष देखि चीनमा टप ब्रान्डको पहिचान कायम गरेको र विश्वका विभिन्न देशमा अन्य रेकर्ड समेत रहेको फोटोन ब्रान्ड नेपालमा समेत रुचाइएको बताउँदै आगामी दिनमा अझै रुचाइने अपेक्षा गरे ।

एमएडब्लु वृद्धिका मार्केटिङ हेड नवीन आचार्यले माउन्टेन ईभी भ्यानको विशेषता वारेमा चर्चा गर्दै नेपाली ग्राहकका लागि यो अति नै उपयुक्त रहेको बताए ।

  :