६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

नयाँ ईभी ब्राण्ड ‘एलईभी–०१’ कार नेपालमा




काठमाडौं– वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चरले चिनियाँ इलेक्ट्रिक गाडी ब्राण्ड एलईभीको उत्पादन एलईभी–०१ नेपाल भित्र्याएको छ ।

स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध हुने एलईभी ०१ को मूल्य क्रमशः ५९ लाख ४५ हजार र ६८ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । यो ईभीको लम्बाइ ४६४० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७६० एमएम लामो ह्वीलबेस छ । यसमा ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।

९९ किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको एलईभी ०१ ले सिंगल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दावी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

  :