१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

जगदम्बा मोटर्सले नेपाली बजारमा भित्र्याउने भयो नयाँ ईभी




काठमाडौं– शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले जेएम ईभी ब्राण्डको नयाँ ईभी नेपाली बजारमा भित्र्याउने भएको छ ।

जगदम्बा मोटर्सले नेपाली बजारमा ल्याउने अन्तिम तयारी गरेको जेएम ईभी जीएसई इलाईट ईभीमा ९९ किलोवाट आवरको मोटर छ । यसले एकपटकको फुलचार्जमा ४०० किलोमीटर रेञ्ज दिने बताइएको छ । कम्पनीले यस ईभीको अधिकतम खुद्रा मूल्य ५३ लाख ९९ हजार तोकेको छ ।


यसको लम्बाई ४६७५, चौडाई १८३५ र उचाई १४८० एमएम छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।

यो गाडीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ सीसीएस–२ चार्जिङ पोर्ट सपोर्ट गर्ने यो गाडीलाई ३० मिनेटमा फास्ट चार्जरमार्फत ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।


जगदम्बा मोटर्सले नेपाली बजारमा टीभीएस, प्रोटोन लगायतका सवारी साधन बिक्री गर्दै आईरहेको छ ।

  :