२९ मंसिर २०८१, शनिबार | Sun Dec 15 2024

विकास निर्माणमा अब्बल कागेश्वरी मनोहरा नगरपालिका



स्थानीय तहहरु जनताको सबैभन्दा नजिकको निकाय हो । नगरवासीहरुको जनजीवनमा सकारात्मक परिवर्ततनको अनुभूति गर्ने गरि विकासशील, स्वच्छ र सुन्दर नगर बनाउने अभियानमा रहेको काठमाडौं जिल्लामा अवस्थित एउटा नगरपालिका हो कागेश्वरी मनोहरा नगरपालिका । यस नगरपालिकाका जनप्रतिनिधिहरुको सक्रियताले यस नगरपालिका क्षेत्र सबै क्षेत्रमा विकासले सुसम्पन्न भईरहेको छ । यस नगरपालिकालाई समुन्नत, व्यवस्थित, सफा र दिगो रुपमा विकसित गराउनका लागि यहाँका जनप्रतिनिधिहरु अहोरात्र खटिरहेका छन् । सहमति, सहकार्य र भिजनका साथ अगाडि बढेमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण यस कागेश्वरी मनोहरा नगरपालिकाले दिएको छ । देशमा नै एउटा उदाहरणीय नगरपालिका बन्न पुगेको छ कागेश्वरी मनोहरा नगरपालिका ।


साविकका गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी समेटेर बि.स. २०७१ सालमा कागेश्वरी मनोहरा नगरपालिकाको गठन भएको हो । २८ दशमलव ८० वर्ग किलोमिटर. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा कूल ९ वटा वडा रहेको छ । यस नगरपालिकाको पुर्वमा शंखरापुर नगरपालिका., पश्चिममा काठमाडौं महानगरपालिका , उतर पश्चिममा गोकर्णेश्वर नगरपालिका र दक्षिणमा भक्तपुर जिल्लाको मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिका रहेका छन् ।
यस कागेश्वरी मनोहरा नगरपालिकाले जनमुखी कार्यक्रम सञ्चालन गर्दै जनताको भावना अनुकूल योजना तर्जुमा गरि कार्यान्वयन गर्दै आएको छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको छ यस नगरपालिका । विगतको तुलनामा अहिले नगरपालिकामा धेरै परिवर्तन आएको छ ।
यस नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरु निकै उपलब्धिमूलक र उदाहरणीय छन् । यस नगरपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ ।


विकासको पहिलो स्तम्भ शिक्षा हो । नगरको शैक्षिक क्षेत्रको सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाले अभियान नै सञ्चालन गर्दै आएको छ । नगरको शैक्षिक क्षेत्रको रुपान्तरणका लागि नगरपालिकाले गरेका कामहरुले शैक्षिक विकासमा ठूलो फड्को मारेको छ । सामुदायिक विद्यालयहरुको पठनपाठनमा निकै सुधार आएको छ । सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको पठनपाठन गरिदैं आएको छ । नगर क्षेत्रभित्रका सामुदायिक बिद्यालयहरुका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा कागेश्वरी नगरपालिकाले प्रशस्तै कामहरु गरेको छ । स्वास्थ्य क्षेत्रमा यस नगरपालिकाले फडको मारेको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरु प्रविधि र पूर्वाधारयुक्त बन्दै गईरहेका छन ।


पर्यटकीय हिसाबले यस नगरपालिका निकै सम्भावना बोकेको नगरपालिका हो । यस नगर क्षेत्रका थुप्रै स्थानहरु आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । उपलब्ध स्रोत र साधनको समुचित उपयोग गरेर यस नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि उदाहरणीय र प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यस नगर क्षेत्रभित्र कागेश्वरी मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठभैरव मन्दिर, सिमतिर्थ, गीता मन्दिर, तेजविनायक गणेश मन्दिर, सिद्धिकाली मन्दिर, महांकाल भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर लगायत गुम्बाहरु जस्ता प्रशस्तै धार्मिक तथा ऐतिहासिक स्थलहरु छन् । कागेश्वरी मन्दिरलाई कागेश्वरीधामको रुपमा विकास गर्ने योजना छ यस नगरापलिकाको । नगरपालिकाभित्र रहेका मठमन्दिर, धार्मिकस्थल, पर्यटकीयस्थल, सामुदायिक वन, खेल मैदान, होमस्टे, विभिन्न समुदायका जात्रा पर्व, भेषभुषा आदिको विभिन्न निकायको समन्वय र सहकार्यमा प्रवद्र्धन, विकास र संरक्षणमार्फत पर्यटन विकासमा प्रतिवद्ध रहँदै आएको छ यस कागेश्वरी मनोहरा नगरपालिका ।


कृषि विकासका लागि यस नगर क्षेत्रमा भएका कामहरु उदाहरणीय छन् । यस नगरपालिकाको पूर्वतर्फ रहेको मनोहरा फाँट र पश्चिमतर्फ रहेको बाग्मती फाँट कृषि उपजका लागि महत्वपूर्ण मानिन्छ । उन्नत पशुपालन र व्यावसायिक कृषिमा विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् यस नगरमा ।
भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरु भएका छन् । नगर क्षेत्रभित्रका प्रमुख सडकहरु कालोपत्रे गर्ने, सहायक सडकहरुलाई स्तरोन्नति गर्ने कामहरु धमाधम भईरहेका छन् । नगरभित्रका सबै सडकहरुलाई कालोपत्र बनाएर धुलोमुक्त बनाउने योजनाका साथ यस स्थानीय तहले काम गरिरहेको छ ।


विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरुको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्याङ्कनका हरेक चरणहरुमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनीधित्व हुने गरि सर्वदलीय सर्वपक्षीय माध्यमबाट विकासको गतिलाई अगाडि बढाउँदै आएको छ यस स्थानीय तहले । नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस नगरपालिकाले । सुशासन तथा पारदर्शिताका लागि यस नगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रुपमा अंगीकार गरि त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ । यस नगरपालिकाको न्यायिक समितिमार्फत नगरबासीहरुलाई परेको समस्या नगरमै समाधान हुँदै आएका छन. । न्यायिक समितिमा परेका उजुरीहरु न्यायिक समितिमार्पmत समझदारीमा बिना झञ्झट समाधान भईरहेका छन् ।


उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै आएको छ कागेश्वरी मनोहरा नगरपालिकाले । नगरवासीका साझा धारणा, माग र आवश्यकताका बिषयमा यस कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु सचेत र सजग छन् ।

  :