बैशाख १५, २०८२ सोमबार | Mon Apr 28 2025

नक्सालदेखि शिवपुरीसम्म ‘बीवाइडी ड्राइभ टु डिस्कभर’




काठमाडौं– चिनियाँ ईभी निर्माण कम्पनी बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले हालै सार्वजनिक भएको आफ्नो एटो–थ्री मोडलका लागि ‘बीवाइडी ड्राइभ टु डिस्कभर’ कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा सर्वाधिक सफल एट्टो–थ्री एसयूभीको नयाँ भर्सन २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिको प्रत्यक्ष अनुभव मिडियाकर्मीलाई दिन उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । बीवाइडी ड्राइभ टु डिस्कभर काठमाडौंको व्स्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्म यात्रा गर्दै सम्पन्न भएको थियो ।

कम्पनीले उपत्यका भित्रकै ड्राइभमा पनि गाडीको बहुउपयोगी क्षमता देखाउन उकालो, समथर र अफरोड बाटाहरूमा चलाउन मिल्ने रुट तय गरेको थियो । नक्सालस्थित बीवाइडी शोरुममबाट सुरु भएको ड्राइभ भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौंंडा, टोखा रोड हुँदै शिवपुरी हाइवेबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो ।


यो एसयूभीमा बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ । जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ। बीवाईडीको डिजाइन दर्शन अनुसार एट्टो–थ्री (२०२४) संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३.० बाहिरी डिजाइनमा समावेश छ। गाडीभित्र चालक र यात्रुको अनुभवलाई अझ राम्रो बनाउन आरामदायी र स्टाइलिस इन्टेरियर प्रदान गरिएको छ। यो मोडेलले नेपालको ईभी प्रविधिमा नयाँ मानक भई देशको विभिन्न सडक अवस्था र साहसिक भावना पूरा गर्न सक्षम भएको कम्पनीले जनाएको छ।

  :