३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

विश्वव्यापी मञ्चमा एमएडब्लु ग्रुपलाई दुई महत्वपूर्ण अवार्ड




काठमाडौं– नेपालमा फोटोन ईभीको बिक्रीमार्फत दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गरेवापत ‘फोटोन ग्लोबल अवार्ड–२०२४’ मा एमएडब्लु ग्रुपले विश्वव्यापी मञ्चमा दुई वटा अवार्ड प्राप्त गर्न सफल भएको छ ।

एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक बिष्णुकुमार अग्रवाललाई ‘लिडरशिप इन न्यू इनर्जी प्रोमोशन अवार्ड २०२४’ र एमएडब्लु वृद्धि कमर्शियलका सीईओ तुषार गुप्तलाई ‘एक्सलेन्स ईन सेल्स अवार्ड २०२४’ प्रदान गरिएको हो ।

अवार्डहरु फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुनले प्रदान गरेका थिए ।यस उपलब्धिले एमएडब्लु ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई परिभाषित गर्ने नवीन रणनीतिहरुलाई प्रकाश पार्ने कम्पनीले जनाएको छ ।

  :