१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

पोखरामा एक्सपेङ जी–६ को बिक्री शुरु




काठमाडौं– सीजी मोटर्सले एक्सपेङ जी–६ मोडलको ईभी पोखरामा बिक्री शुरु गरेको छ । पोखराको अटोवेज प्रालिलाई डिलर नियुक्त गरेर सीजी मोटर्सले एक्सपेङ जी–६ को बिक्री शुरु गरेको हो ।

एक्सपेङ जी–६ मोडल गत भदौमा काठमाडौंमा सम्पन्न नाडा अटो शो २०२४ मा सार्वजनिक गरिएको थियो । एक्सपेङ जी–६ मोडलमा १९० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ भने ६६ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

  :