१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

बीरगञ्जमा नामी सार्वजनिक, एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प शुरु




काठमाडौं– मधेस प्रदेशको बीरगञ्जमा नामी ब्राण्डको ईभी सार्वजनिक गरिएको छ । नेपालमा डोंगफेंग ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मंगलबार एक कार्यक्रमको आयोजना गरि नामी सार्वजनिक गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्यसभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अध्यक्ष रवि बजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, वृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रूपमा नामीको अनावरण गरेका थिए ।


कार्यक्रमम प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिनुपर्ने बताए । कार्यक्रमपछि नेपालले ग्राहकहरूलाई नामी ईभीको साँचो समेत हस्तान्तरण गरेका थिए ।

आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले मधेस प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार भएको एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ ।

कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका डिलर प्रमुख गोविन्द भुसालले नामी ईभीले देशव्यापी रुपमा ग्राहकहरुबाट प्रशंसा पाइरहेको जानकारी दिए । नामी ईभी यो तीन भेरियन्टहरूस् नामी ई १, नामी ई २ र नामी ई ३ मा उपलब्ध छ ।

यसैगरी, नामी इभी सेतो, नीलो, हरियो र बैजनी एवम् सेतो र नीलो, सेतो र हरियो र सेतो र बैजनीजस्ता डुअल टोन रङहरूको विकल्पहरूको साथमा उपलब्ध छ ।


यसैबीच ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मंसिर १९ देखि मधेस प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ छ । क्याम्प २१ गतेसम्म सञ्चलन हुने कम्पनीले जनाएको छ । क्याम्पमा ग्राहकहररुले विशेष अफरहरुसहित विद्युतीय सवारीसाधनहरूको अवलोकन गर्न सक्ने कम्पनीले बताएको छ।

  :