२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

हुन्डाईको नयाँ क्रेटा ग्राहकहरुको रोजाईमा, ४ महिनामै ३५० युनिट बिक्री




काठमाडौं– नेपालमा हुन्डाईको नयाँ क्रेटालाई ग्राहकहरुले निकै रुचाएका छन् । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटाको बिक्रीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

कम्पनीका अनुसार चालू आर्थिक बर्षको ४ महिनामा ३५० युनिट नयाँ क्रेटा बिक्री भएको छ । हालसम्म ६ सय युनिट नयाँ क्रेटा बुकिङ भईसकेको पनि कम्पनीले जनाएको छ । बढ्दो मागका कारण नयाँ क्रेटाको वेटिङ पिरियड २ महिना पुगेको छ ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र विभिन्न सुविधाहरुका कारण नयाँ क्रेटाप्रति ग्राहकहरुको आकर्षण बढेको हो ।
मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेका छन् ।

  :