काठमाडौं– दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको उत्पादन ‘सान्ता फे’ ले ‘कार अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हालै मात्र सार्वजनिक भएको सान्टा फे कारलाई कारवाउ अवार्ड्समा उक्त अवार्ड प्राप्त गरेको हो । मूल्य, क्षमता, आरामदायीपना लगायत बुँदामा आधारित रहेर कारवाउको सम्पादकीय टोलीले वार्षिक सयौं कारबारे मूल्यांकन गरिरहेको हुन्छ । सोही आधारमा सान्ता फे कार अफ द इयर भएको हो ।
त्यसैगरी सान्ता फेले फेमिली भ्यालुज अवार्ड पनि पाएको छ भने ह्वाटकारका तर्फबाट बेस्ट हाइब्रिड सेभेन सिटर अवार्ड पाएको छ ।
त्यस्तै एसोसिएसन अफ स्कटिस मोटरिङ राइटर्सका तर्फबाट सान्ता फेले आईसीई कार अफ द इयर पनि प्राप्त गरेको छ । हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ एनले टेक ट्रेलब्लेजर अवार्ड प्राप्त गर्न सफल भएको छ । यस अवार्डमा हुन्डाईको उत्पादनहरुको गुणस्तर र विविधता पनि उच्च प्रशंसा गरिएको छ ।
प्रतिक्रिया