काठमाडौं– सन् २०२४ मा भारतमा सबैभन्दा बढी बिक्री हुने गाडीमा टाटा मोटर्सको पन्च पर्न सफल भएको छ ।
भारतीय अटो बजारमा पहिलो पटक मारुती सुजुकीलाई पछि पार्दै टाटा भारतको नम्बर वान कार निर्माता कम्पनी बन्न सफल भएको हो ।
टाटा मोटर्स सन् २०२४ मा २ लाख २ हजार ३० युनिट पन्च गाडी बिक्री गरेको छ । मारुती सुजुकीले वागन आर १ लाख ९१ हजार मात्रै उत्पादन गरेको छ। मारुती इर्टिगा १ लाख ९० हजार ९१ युनिट, मारुती ब्रेजा १ लाख ८८ हजार १६० युनिट, हुन्डाई क्रेटा १ लाख ८६ हजार ९१९ युनिट बिक्री भएका छन्।
प्रतिक्रिया